तेलमा झेल: बजारमा अखाद्य खानेतेलको बिगबिगी


राजेश बर्मा 
काठमाडौं / सरकारले मानवस्वास्थ्यका लागि हानिकारक भनेर घोषणा गरेको विभिन्न प्रकारको खानेतेल बजारमा बिक्रीवितरण भइरहेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले केही उद्योगको खानेतेल मानवस्वास्थ्यका लागि हानिकारक भन्दै प्रयोग नगर्न भने पनि बजारमा खुलेआम बिक्री भइरहेको पाइएको छ।


खानेतेलमा अखाद्य पदार्थ भेटिएपछि सचेत गराउने र मुद्दा दायर गरिए पनि त्यस्तो तेलको बिक्रीमा रोक लागेको छैन। भूकम्पका कारण मुलुकमा यतिबेला विपद्मा परिरहेको र नियमनकारी निकाय कमजोर भएको मौकाको फाइदा उद्योगले उठाएका छन्।

विभागले बाराको पिपरा सिमरास्थित गणपति वनस्पति तेल उद्योगले उत्पादन गरेको प्रशोधित भटमासको तेल, परवानीपुरस्थित सौरभ आयल मिलबाट उत्पादित धारा तोरीको तेल, मोरङको हात्तीमुढास्थित स्वस्तिक आयल इन्डस्ट्रिजद्वारा उत्पादित स्वस्तिक ब्रान्डको तोरीको तेल, ललितपुरस्थित ओमकार आयल इन्डस्ट्रिजद्वारा उत्पादित तोरीको तेल, बाराको शिवशक्ति घ्यु उद्योगले उत्पादन गरेको तोरीको तेल, सोही स्थानको आरती भेजिटेबल प्रोडक्ट्सले उत्पादन गरेको भटमासको तेल न्यून गुणस्तर र दूषित भन्दै खाद्य ऐनअनुसार मुद्दा दायर गरेको अवस्थामा पनि बजारमा बिक्रीवितरण भइरहेको छ।

यसैगरी श्रीकृष्ण आयल रिफाइनरी उद्योग, सुशील वनस्पति उद्योग, रूपन्देहीको गोविन्द आयल इन्डस्ट्रिजद्वारा उत्पादित अंकुर ब्रान्डको तोरीको तेल र बारास्थित श्रीकृष्णा भेजिटेबल उद्योगद्वारा उत्पादित तोरी तेल पनि गुणस्तरहीन र अखाद्य अवस्थामा भेटिएको थियो। 

गत वर्ष र चालू आवमा ती उद्योगका त्यस्ता ब्रान्डबिरूद्ध विभागले मुद्दा दायर गरेको छ। यस्तै खाद्य विभागले पछिल्लो समयमा मापदण्डविपरीत तेल उत्पादन गर्ने रूपन्देहीको सिद्धार्थ आयल इन्डस्ट्रिजको तेज ब्रान्डको तोरीको तेल र विराटनगरस्थित बागमती आयल इन्डस्ट्रिजको सेला ब्रान्डको सूर्यमुखी तेल पनि गुणस्तरहीन प्रमाणित गरिसकेको छ।

मुद्दाको छिनोफानो नहुँदै बजारमा अहिले पनि उक्त ब्रान्डका खानेतेल बिक्रीवितरण भइरहेका छन्। 'जुन ब्याचको तेलमा समस्या भेटिएको छ, त्यस्ता तेलविरुद्ध मुद्दा दायर गरेपछि उद्योगलाई उक्त ब्याच नम्बरको तेल बिक्री नगर्न निर्देशन दिए पनि नमानेका कारण बजारमा बिक्री भइरहेको पाइएको छ', विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले भने, 'अहिलेको अवस्थाको फाइदा उठाएर पनि उद्योगीले बिक्रीवितरण गरेको पाइएको छ। यो विषयमा विभागले कडाइका साथ अनुगमन गर्दैछ।'

वस्तीका अनुसार मानवस्वास्थ्यका लागि प्रशोधित शुद्ध तेल भनेर उद्योगहरूले उत्पादन गर्दै आएको तोरी, भटमास र सूर्यमुखी (सनफ्लावर) तेलमा विभिन्न प्रकारका गम्‍भीर त्रुटि पाइएको छ। सरकारले विभिन्न प्रकारका तेलस बन्धी मापदण्ड तयार गरे पनि उद्योगी र नियमनकारी निकायले कडाइका साथ पालना नगर्दा बेलामौकामा समस्या देखापर्ने गरेको छ।

विभागका अनुसार खाने तेलमा मुख्‍यगरी मिसावट, एसिड यालु कम वा बढी, एउटा तेल भनेर अर्को तेलको मिसावट, लेदो ज ने, गनाउने, तौलमा कमी, याद नाघेको, शुद्ध भनेर अशुद्ध तेल उत्पादनजस्ता समस्या देखिएका छन्। 'तेल बिक्री नगर्न निर्देशन दिए पनि मानेका छैनन्,अहिलेको अवस्थाको फाइदा उठाएका छन्, कडाइका साथ अनुगमन गर्दैछौ।'

स्रोतका अनुसार खाद्यस बन्धी नियमन निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग खानेपानी र डेरीमा मात्र बढी केन्द्रित हुँदा खानेतेलस बन्धी गहन समस्या बाहिर आउन पाएका छैनन्। 'उजुरी नआउँदास म आफैं स्वतस्फूर्त रूपमा नियमन गर्न नपाउँदा खानेतेलस बन्धी ग भीर समस्याहरू बाहिर आउन पाएका छैनन्', विभागका एक वरिष्ठ खाद्य अधिकृतले भने, 'बेलामौकामा खानेतेलस बन्धी समस्या देखापरे पनि विभागले त्यति प्रभावकारी रूपमा नियमन गर्न सकेको छैन, जसका कारण उद्योगीले फट्याइँ गर्दै आएका छन्।'

विभागले हालसम्म गरेको खानेतेलसम्‍बन्धी अनुगमनको तथ्यांक पनि दुरुस्त राखेको पाइँदैन। विभागले गुणस्तरहीन तेलविरुद्ध मुद्दा दायर गरे पनि कुन उद्योगको कुन ब्रान्डविरुद्ध हो, त्यो पुष्टि हुने गरी तथ्यांक राख्‍न सकेको छैन। 

यसले गर्दा उपभोक्ता कारबाहीमा परेका गुणस्तरहीन खानेतेल प्रयोग गर्न बाध्य छन्। विभागका महानिर्देशक सञ्जीव कर्णका अनुसार गुणस्तरहीन तेल सेवन गर्दा मानवस्वास्थ्यमा जटिल प्रकारका रोगहरू लाग्छन्। यस्ता तेलको प्रयोगले झाडापखाला, टाइफाइड, कमलपित्त, पाचनप्रणाली, कलेजो र मिर्गौलासम्‍बन्धी रोग लाग्न सक्छ।

प्रवक्ता वस्तीका अनुसार महँगो तेलमा सस्तो तथा कम गुणस्तरको तेल मिसाएर, तोरीको तेलमा पामोलिन र भटमासको तेल मिसाएर तथा सनफ्लावर तेलमा भटमास र पामोलिन तेल मिसाएर बिक्री गर्ने ग भीर प्रकृतिका समस्यादेखिएका छन्।

तेलको गुणस्तरबारे विभागले स्वतस्फूर्त रूपमा अध्ययन तथा विश्लेषण नगरेका कारण तेल उद्योगले मापदण्ड मिचेका हुन्। विभागको क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाका अनुसार गत आवमा मोरङमा तेलस बन्धी २४ र सुनसरीमा २३ वटा मुद्दा दायर गरिएको थियो। 

प्रशोधित सूर्यमुखी तेल, प्रशोधित सोयाबिन तेल, प्रशोधित पामोलिन तेल र तोरीको तेलसम्‍बन्धी मुद्दा दायर गरिएको क्षेत्रीय कार्यालयले जनाएको छ। उपभोक्ता संरक्षण ऐनमा गुणस्तरहीन उपभोग्य वस्तु उत्पादन र बिक्री गर्नेलाई ५० हजार रुपैयाँ जरिबाना र दुई वर्षसम्‍म जेल सजाय हुने व्यवस्था छ। 

यस्ता उत्पादनले कसैको ज्यान गएमा पाँच लाख रुपैयाँ जरिबाना वा १४ वर्ष कैद हुनसक्ने व्यवस्था छ। यसैगरी खाद्य ऐनले न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन, बिक्रीवितरण र निकासीपैठारी गर्नेमाथि एक हजारदेखि अधिकतम पाँच हजार रुपैयाँ जरिबानाको व्यवस्था गरेको छ। यसैगरी ६ महिनादेखि एक वर्षसम्‍म कैद हुने व्यवस्था छ।

यस्तै दूषित खाद्य पदार्थ उत्पादन गर्ने, बिक्रीवितरण तथा निकासीपैठारी गर्नेमाथि पाँच हजारदेखि १० हजार रुपैयाँस म जरिबाना र एकदेखि दुई वर्षस म कैद र त्यस्ता खाद्य पदार्थको सेवन गरेर कसैको मृत्यु भएमा उत्पादक उद्योगलाई १० हजारदेखि २५ हजारस म जरिबाना र तीन वर्षस म कैद हुने व्यवस्था छ। 

क्षतिको हकदाबी गर्नेलाई उद्योगले २५ हजारदेखि एक लाख रुपैयाँस म क्षतिपूर्ति दिनुपर्ने व्यवस्था खाद्य ऐनमा छ। विभागका अनुसार तोरी, भटमास, सोयाबिन र अन्य प्रकारका गरेर उपत्यकामा करिब ७० वटा उद्योग भए पनि चालू आर्थिक वर्षको जेठस ममा ४८ वटाले मात्रै अनुज्ञापत्र नवीकरण गराएका छन्।

अन्नपूर्ण पोष्टको पहिलो पृष्टको मुख्य समाचार
प्रकाशित मिति २०७२ जेष्ठ १९ मंगलवार
http://www.annapurnapost.com/News.aspx/story/12614

Comments