अब किसानलाई नि शुल्क किसान सिम र मोवाइल !

मोवाइलमार्फत सम्पूर्ण समस्या समाधान
राजेश बर्मा, 
काठमाडौं/ किसानको लागि सरकारले प्रविधिमैत्री खुशीको खवर ल्याएको छ । सरकारले किसानका लागि निः शुल्क ‘किसान सिम’ को सुविधा ल्याउने तयारी गरेको छ । त्यति मात्रै होइन् मोवाइल पनि निः शुल्क बितरण गर्ने तयारी छ । सम्भवतः किसानहरुले यो सुविधा आगामी चैतदेखि उपभोग गर्न पाउनेछन् ।

सरकारले खाद्यान्न, तरकारी, तेलहन, दलहन, मल तथा बिषादी, मौसम, खेती प्रविधि, बजारलगायतका बिषयमा आवश्यक जानकारी उपलब्ध गराउन किसानलाई निः शुल्क किसान सिम उपलब्ध गराउने तयारी गरेको हो । त्यति मात्रै होइन्, विश्व बैंकको सहकार्यमा कार्यान्यनमा आएको कृषि व्यवस्थापन सूचना प्रणाली आयोजना(एमिस्) ले बिकास गरेको ‘हाम्रो कृषि’ एप्स् पनि उक्त मोवाइलमा उपलब्ध हुनेछ ।

कृषि विकास मन्त्रालयका प्रवक्ता डा. श्यामकिशोर साहकाअनुसार ले चालु आर्थिक बर्षमा यो सुविधा कृषि व्यवस्थापन सूचना प्रणाली आयोजना लागु भएको २५ जिल्लाका पाँच हजार पाँच सय किसानको हातमा पु¥याउन लागेको हो । ‘यो सुविधा हामी ते श्रो चौमासिकको पहिलो महिनादेखि कार्यान्वयनमा ल्याउने तयारी गरेका छौं’, प्रवक्ता साहले भने,‘यो प्रविधिको सहयोगमा नेपाली किसान मौसम र तापक्रमसम्बन्धमा पूर्व जानकारी लिएर त्यहीअनुसारको खेती पाति गर्न सक्षम हुनेछन् ।’ यो सुविधा प्रदान गर्न मन्त्रालय र नेपाल टेलिकमबीच बिहिबार दुई पक्षिय सम्झौता भइसकेको छ ।
मन्त्रालयका बरिष्ठ तथ्याँक अधिकृत शिवनन्दनप्रसाद साहकाअनुसार पहिलो चरणमा यो सुविधा ८ जिल्ला धनकुट्टा, सुनसरी, सिराहा, काभ्रे, बारा, रुपन्देही, बांके र जुम्लाका किसानले यो सुविधा उपभोग गर्न पाउनेछन् । यसैगरी दोश्रो चरणमा संखुवासभा, झापा, मोरंग, सप्तरी, महोत्तरी, चितवन, सुर्खेत र कैलाली त्यसैगरी ते श्रो चरणमा दार्चुला, डोटी, रुकुम, दांग, मुस्तांग, कास्की, पाल्पा, धादिङ्ग र दोलखा जिल्लाका किसानले यो सुविधा प्राप्त गर्नेछन् ।

मन्त्रालयले यो सुविधाअन्तर्गत एउटा जिल्लाको ५० जना किसान सदस्य रहेको समूहलाई २० हजार रुपैयाँ पर्ने एक थान इण्ड्रोइड स्मार्टफोन, एक थान किसान सिम र सिममा सय रुपैयाँको ब्लालेन्स सुविधा, एक थान रेनगज उपकरण(बर्षा नाप्ने यन्त्र) र एक थान थर्मोमिटर(तापक्रम नाप्ने यन्त्र) निः शुल्क उपलब्ध गराइनेछ । यि सबै सामाग्रीको करिब ४० हजार मूल्य पर्छ । किसानले पाएको मोवाइल र सिममार्फत आवश्यक जिज्ञासा र समाधान पनि नि ः शुल्क प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।

यस्तै समूहमा आवद्ध नभएका किसानले भने जिल्ला कृषि विकास र जिल्ला पशु सेवा कार्यालयको सिफारिशमा सोही कार्यालयबाट सय रुपैयाँ व्यालेन्स सुविधा भएको किसान सिम निः शुल्क रुपमा लिन पाउनेछन् । २५ जिल्ला वाहेकको हकमा भने अहिलेलाई डब्लुडब्लुडब्लु डट एनएएमआईएस डट जिओभि डट एनपी भन्ने वेवसाइटमार्फत कृषिसम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध गराउने व्यवस्था गरिएको प्रवक्ता साहले जानकारी दिए । मन्त्रालयले कृषिसम्बन्धी आवश्यक जानकारी लिनका लागि टोल फ्रि नम्बर १६६००१७७७७९ को पनि व्यवस्था गरेको छ ।
२०७२ पौष १६ बिहीवार
http://annapurnapost.com/News.aspx/story/24273

Comments