रामपाल आश्रम गएका नेपालीलाई जेलमा कोचियो

राजेश बर्मा
काठमाडौं / भारतको हरियाणास्थित बरवाला सत्लोक आश्रममा सत्संगका लागि पुगेका २४ नेपालीले एउटा अकल्पनीय अवस्था समाना गर्नुपर्‍यो । भित्र सत्संग चलिरहँदा बाहिरबाट एक्कासी घेराबन्दी गरेर आक्रमण र तोडफोड सुरु भयो। त्यही क्रममा उनीहरु पनि समातिए।  कसुर केही पनि थिएन। तर उनीहरुलाई सार्वजनिक अपराधको झुटा मुद्दा लगाएर अन्य सहभागीजस्तै जेलमा लगियो । त्यसमध्ये सातजना धरौटी राखेर छुटे पनि सत्रजना अहिले पनि जेलमा छन् ।

सत् साहिव सेवा समितिद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा सहभागी भएका नागरिक समाज, मानवअधिकारकर्मी तथा पीडित परिबारका सदस्यहरुले हाल जेलमा रहेका १७ जनाको तत्कालै निः शर्त रिहाइ लागि भारत सरकारसँग माग गरेका हुन् ।

हरियाणा प्रान्तको हिसारजिल्लाको बरवालास्थित सत्लोक आश्रममा सन्त गुरु रामपाल महाराजको सत्संगमा सहभागी हुन गत २०७२ कात्तिक २७ गते २४ जना नेपाली सर्वसाधारण आ श्रम पुगेका थिए । इटहरीका पीडित शम्भु बस्नेतका अनुसार सत्संग कार्यक्रम सुरु हुनु अगावै स्थानीय प्रान्त सरकारको निर्देशनमा आ श्रममा प्रहरीद्वारा आक्रमण भएको थियो । 

करिब एक लाखको संख्यामा रहेका प्रहरीले आ श्रम घेरावन्दी गरेर अ श्रु ग्यास, लाठि चार्ज र पानीको फोहोराको प्रयोग गरी सत्संगमा सहभागी भएका सर्वसाधारणलाई निर्मम रुपमा कुटपिट गरेका थिए । त्यसपछि सहभागी भएकालाई पक्राउ गरेर जेल पठाइएको थियो । प्रहरीले डोजर लगाएर आ श्रमसमेत भत्काइदिएको थियो ।

‘धार्मिक आस्था हुनेमाथि हरियाणा सरकारले अत्याचार गर्‍यो’, आफ्नो पीडा सुनाउँदै बस्नेतले भने, ‘हरेक नागरिकलाई धार्मिक आस्था राख्न स्वतन्त्रता छ । मेरो छोरो लक्ष्मण पनि सत्संगमा सहभागी हुन गएको थियो । तर अहिले जेलमा छ ।’ उनका अनुसार निक्कै यातना दिएर लक्ष्मणलाई अहिले हिसार जेलमा राखिएको छ ।

अर्का पीडित जाकिर हुसैनले आफुहरु कुनै अपराध नगरेपनि भारत सरकारले जघन्य अपराधीजस्तो व्यवहार गरेको बताए । उनले अपराधीसँग पनि नगर्ने व्यवहार स्थानीय प्रहरीले गरेको जानकारी दिए । कुटपिटबाट घाइते बनेका उनलाई पनि पक्राउ गरेर हिसार जेलमा राखिएको थियो ।

एक लाख घरौटीमा तारेखमा रिहा भएका उनी हरेक महिना तारेख बुझन हिसार जाने गरेका छन् । ‘सत्संगमा सहभागी भएर कुनै अपराध नगरेपनि प्रहरीको कुटाई बाट पीडित बनेको र अपराधी झै तारेख धाउनुपरेको छ’, हुसैनले भने,‘नेपाल सरकार र भारत सरकारले हामीलाई निः शर्त मुक्त गराउन पहल गरिदिनुपर्छ ।’
यसैगरी नागेन्द्र ठाकुर, मुकेश कार्कीले पनि आफ्नो पीडा पोखेका थिए । 

२४ जना नेपालीमध्ये अहिले पनि सातजना बस्नेतसहित धनुषाको ईश्वर श्रेष्ठ, काठमाण्डौंका राजकुमार गिरी, सिराहाको बिजय साह, बिनोद यादब, कञ्चनपुरका योगेन्द्र चन्द र मोरंगका सुरेश राई हिसार जेलमै बन्दी जिवन बिताइरहेका छन भने बाँकी १७ जना नेपाली धरौटी राखेर तारेखमा रिहा भएका छन् ।

इटहरीको मुकेश कार्की, भक्तपुरको उमनाथ ढकाल, धनुषाको गणेश महतो, रामचन्द्र यादब र अञ्जारुल मियाँ, बर्दियाको नन्दराम खैरहा, सिराहाको रामसोगारथ महतो, राजेन्द्र सदा, शिवचन्द्र यादब, भूप सिंह र उपेन्द्रप्रसाद सिंह, महोत्तरीको शिवपुजन साह, कञ्चनपुरको सुरेश भट्ट, रौतहठको दिनेश महतो, उमेश महतो र पर्वतको गणेश गिरीले जनही एक एक लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा रिहा भएका हुन् ।

अधिकारकर्मी सुबोधराज प्याकुरेलले धर्म निरपेक्ष भारत सरकारको सुरक्षाकर्मीले धार्मिक आस्थाका अनुयायीमाथि वर्वरपूर्ण यातना दिएको बताए । उनले युद्ध अपराधीसँग नगर्ने यातना सत्संगमा सहभागीमाथि गरिएको जानकारी गराउदै घटनाको बारेमा तत्कालै एमनेष्टी इन्टरनेशनलले छानविन गरी दोषिलाई कारवाहीको दायरामा ल्याउनुपर्ने औल्याए । 

‘हरियाणाको प्रहरी परिचालन भएपनि केन्द्रिय सरकारको प्रत्यक्ष निर्देशनमा केही धार्मिक म्यानेजरहरुको आडमा धार्मिक आस्थाका सर्वसाधारणमाथि कारयतापूर्ण यातना दिइयो । यो घटनालाई अन्तर्राष्ट्रिय करण गरेर दोषिमाथी कारवाही गराउनुपर्छ’, उनले भने ।

वरिष्ठ अधिवक्ता रामकृष्ण काफलेले आफुलाई धर्म निरपेक्ष राष्ट्र र लोकतान्त्रिक मुलुक भन्ने भारतले नै आफनै मुलुकमा अन्य धार्मिक आस्थाका अनुयायीमाथि जनावरलाई पनि नदिइने यातना दिइएको जानकारी दिए ।
२०७२ पौष १२ आईतवार
http://www.annapurnapost.com/News.aspx/story/24009

Comments