सरकारकै मिलोमतोमा भित्रिन्छ विषादीयुक्त तरकारी

वैज्ञानिक परीक्षण : झारो टार्ने प्रयास


राजेश बर्मा

काठमाडौं । सरकारले सर्वसाधारणको ज्यानै जाने गरी विषालु तरकारी आयात गर्न अनुमति दिँदै आएको पाइएको छ । सरकारले हचुवाको भरमा सामान्य प्रकारको विषादी मात्र परीक्षण गरी ‘अति खतरनाक’ मानिने विषादीयुक्त तरकारी खुलेआम आयात गर्न अनुमति दिएको हो । सर्वसाधारणको स्वास्थ्यसँग खेलवाड गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतसहित तेस्रो मुलुकबाट अर्गानोफस्फेट र कर्वामेट नामको दुई समूहको मात्र विषादी परीक्षण गरी तरकारी तथा फलफूल आयात गर्न अनुमति दिएको हो ।

तरकारी वा फलफूलमा यी दुई समूहभन्दा बढी हानिकारक विषादी प्रयोग भएरनभएको भने परीक्षण हुँदैन । यही दुई समूहको विषादी मात्रै परीक्षण गरी आयात गरिएका तरकारी प्रत्येक नेपालीको भान्छामा दैनिक रूपमा पाक्ने गरेको छ । विषादी परीक्षणको नाममा झारो टार्ने प्रयास गरेर सरकारले आमउपभोक्तालाई घातक विषादीयुक्त तरकारी र फलफूल खान बाध्य बनाएको छ ।

यी दुई समूहको विषादीको परीक्षण फोटो स्पेक्टोमिटरसहितको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला (आरबिपिआर) मार्फत हुने गरेको छ । अर्थात, सोझो अर्थमा भन्ने हो भने आरबिपिआर प्रयोगशालाले अर्गानोफस्फेट र कार्वामेट समूहबाहेक अत्यन्त घातक मानिएका अन्य प्रकारको विषादीको परीक्षण वा पहिचान गर्न सक्दैन ।

अर्गानोफस्फेट र कार्वामेट समूहको विषबारे परीक्षण गरिए पनि अत्यन्तै घातक मानिने सेन्थेटिक पाइरिथ्रोड, नियोनिकोटिनोइड, साइपरमेथिन, म्याक्रोसाइक्लिक ल्याक्टोन, निकोटिनोइड, पाइराजोल र फन्गिसाइडस समूहको विषादी भने परीक्षण हुँदैन । अर्थात, यस्ता विषयुक्त तरकारी र फलफूल सरकारकै मिलोमतोमा सोझै भित्रिने गरेको छ ।

यसले गर्दा सर्वसाधारणको ज्यानै जाने गरी प्रयोग भएको विषादीयुक्त तरकारी नेपालमा आयात भइरहेका छन् । त्यो पनि सरकारकै मिलोमतोमा । नेपालमा आयात हुनेमध्ये ८५ प्रतिशतभन्दा बढी विषादी तरकारीमा प्रयोग हुने गरेको सरकारी तथ्यांकले नै देखाउँछ ।

नियमित रूपमा घातक विषादीयुक्त तरकारी तथा फलफूल उपभोग गर्दा फोक्सो, कलेजो, श्वासप्रश्वास प्रणाली र प्रतिरोधात्मक क्षमतामा दीर्घकालीन असर पर्नुका साथै स्मरणशक्तिमा ह्रास, मनोरोग, छालाजन्य रोग, गर्भ तुहिने, गर्भ नबस्ने, प्रजनन क्षमतामा कमी, मधुमेह, रक्तचाप, मुटुरोग, क्यान्सर र मिर्गौला बिग्रनेजस्ता समस्या देखापर्ने विज्ञहरूले औँल्याएका छन् ।

विषादीविज्ञ तथा कृषि विभागका पूर्वमहानिर्देशक डा. डिल्लीराम शर्माका अनुसार नेपालमा अर्गानोफस्फेट र कार्वामेटको परीक्षण भएकाले ती दुवै समूहको विषयुक्त तरकारी र फलफूल आउँदैन । घातक मानिने सेन्थेटिक पाइरिथ्रोड, नियोनिकोटिनोइड, साइपरमेथिन, म्याक्रोसाइक्लिक ल्याक्टोन, निकोटिनोइड, पाइराजोल र फन्गिसाइडस समूहका विषादीको परीक्षण नहुने भएकाले अहिले यस्तै समूहको विषादी भएको तरकारी र फलफूल पर्याप्त परिमाणमा आयात भइरहेको शर्मा बताउँछन् ।

‘सीमा नाकामा अर्गानोफस्फेट र कार्वामेट समूहका विषादी मात्रै परीक्षण गर्ने क्षमताको आरबिपिआर प्रयोगशाला छन्’, विषादीविज्ञ शर्माले भने, ‘यो दुई समूहबाहेक अन्य समूहको विषादीको अवशेष पता लगाउने क्षमताको प्रयोगशाला नहुँदा घातक विषादी अत्यधिक परिमाणमा मिसिएको भए पनि खानयोग्य रहेको प्रमाणको आधारमा ज्यानै जाने विषयुक्त तरकारी हामी उपभोग गर्न बाध्य छौँ ।’

सोझो अर्थमा भन्ने हो भने आरबिपीआर प्रयोगशालाले अर्गानोफस्फेट र कार्वामेट समूहबाहेक अत्यन्त घातक मानिएका अन्य प्रकारका विषादीको परीक्षण वा पहिचान गर्न सक्दैन । यही कारण हो, लामो समयदेखि सर्वसाधारणको ज्यानै जाने गरी विषादी प्रयोग भएको तरकारी नेपालमा आयात हुँदै आएको छ । त्यो पनि सरकारकै मिलोमतोमा । नेपालमा आयात हुने विषादीमध्ये ८५ प्रतिशतभन्दा बढी तरकारीमा प्रयोग हुने गरेको सरकारी तथ्यांकले नै देखाउँछ ।

नेपालमा दुई समूहको विषादीको परीक्षण गरेर मात्रै आयात गर्न दिने र आन्तरिक बजारमा पनि यही दुई समूहको परीक्षण गरेर बिक्री हुन दिने सरकारले नीति बनाएको छ । यसले गर्दा पछिल्लो समयमा भारत र नेपालका किसानले घातक मानिएको सेन्थेटिक पाइरिथ्रोड, नियोनिकोटिनोइड, म्याक्रोसाइक्लिक ल्याक्टोन, निकोटिनोइड, पाइराजोल र फन्गिसाइड्स समूहका विषादीयुक्त सहज रूपमा प्रयोग गर्न थालेका छन् । अर्थात, आरबिपिआर प्रयोगशालाले परीक्षण गर्ने क्षमतालाई चुनौती दिँदै घातक विषादीको प्रयोग हुन थालेको छ ।

सरकारले आयात हुने तरकारी तथा फलफूलको विषादीसम्बन्धी अवशेषको परीक्षण गर्न सुरु गरे पनि यो झारा टराइ मात्र भएको ठहर उपभोक्तावादीहरूले गरेका छन् । उपभोक्तावादी ज्योति बाँनियाले सरकारले आयात हुने तरकारी तथा फलफूलमा गर्ने परीक्षण आफैँमा शंकास्पद भएको जानकारी दिए ।

नेपालीलाई स्वच्छ र स्वास्थ्यवद्र्धक तरकारी तथा फलफूल उपलब्ध गराउनका लागि सीमा क्षेत्रमै ग्यास क्रोमाटोग्राफी वा लिक्विड क्रोमाटोग्राफी प्रविधिमा आधारित अत्याधुनिक प्रयोगशाला आवश्यक रहेको विषादीविज्ञ शर्माले जानकारी दिए ।

‘यो प्रविधियुक्त प्रयोगशालाको सहयोगमा तरकारी र फलफूल परीक्षण गरेर आयात गर्न दिइयो भने बल्ल नेपालीले विषादीरहित खाद्य पदार्थ उपभोग गर्न पाउनेछन्’, शर्माले भने, ‘नत्र सर्वोच्च अदालतको आदेश पालना गर्ने नाममा झारा टराई परीक्षण मात्रै हो । देखाउनका लागि परीक्षण भनिए पनि सर्वसाधारण भने घातक विषादीयुक्त तरकारी र फलफूल उपभोग गर्न बाध्य छन् ।’सर्वोच्च अदालतले विषादी परीक्षणको आधारमा मात्रै तरकारी तथा फलफूल आयात गर्न दिन ०७६ साल असार ३१ गते सरकारको नाममा अन्तरिम आदेश दिएको थियो । उक्त आदेशको कार्यान्वयन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत कात्तिक १ गतेदेखि आयात हुने तरकारी तथा फलफूलको नमूना परीक्षण गर्दै आएको छ ।

अर्गानोफस्फेट र कार्वामेट समूहको विषबारे परीक्षण गरिए पनि अत्यन्तै घातक मानिने सेन्थेटिक पाइरिथ्रोड, नियोनिकोटिनोइड, साइपरमेथिन, म्याक्रोसाइक्लिक ल्याक्टोन, निकोटिनोइड, पाइराजोल र फन्गिसाइडस समूहको विषादी भने परीक्षण हुँदैन । अर्थात, यस्ता विषयुक्त तरकारी र फलफूल सरकारकै मिलोमतोमा सोझै भित्रिने गरेको छ ।

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार नेपालको सात स्थान झापा, बिराटनगर, जलेश्वर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र धनगढीस्थित आरबिपिआर सुविधा भएको प्रयोगशालामार्फत भारतसहित तेश्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूलको नमुना संकलन गरी विषादी अवशेषको परीक्षण गर्दै आएको छ ।

‘सात स्थानमा आरबिपिआर प्रविधियुक्त प्रयोगशालामार्फत अर्गानोफस्फेट र कार्वामेट समूहका विषादीबारे परीक्षण गरेर तरकारी र फलफूल आयात गर्न अनुमति दिएका छौँ । अहिले हजारौँ प्रकारका विषादी छन, ती सबैलाई आरबिपिआर प्रविधिको प्रयोगशालाबाट परीक्षण गर्न सम्भव छैन,’ प्रवक्ता महर्जनले भने, ‘सीमा क्षेत्रमै ग्यास क्रोमाटोग्राफी वा लिक्विड क्रोमाटोग्राफी प्रविधिमा आधारित अत्याधुनिक प्रयोगशाला तत्कालै राख्न सम्भव छैन ।’

सरकारकै तथ्यांकअनुसार आर्थिक वर्ष ०७८/७९ को चार महिनामा ६ वटा नाकामा पैठारी भएका कुल १७ हजार ८ सय ६५ पटक तरकारी तथा फलफूलको परीक्षणको रेकर्ड हेर्दा खानयोग्य १७ हजार ८ सय ४३ देखिएको भेटिएको छ । त्यसमध्ये जम्मा १० नमुना मात्रै खान अयोग्य देखिएको छ ।

नियमित रूपमा घातक विषादीयुक्त तरकारी तथा फलफूल उपभोग गर्दा फोक्सो, कलेजो, श्वासप्रश्वास प्रणाली र प्रतिरोधात्मक क्षमतामा दीर्घकालीन असर पर्नुका साथै स्मरणशक्तिमा ह्रास, मनोरोग, छालाजन्य रोग, गर्भ तुहिने, गर्भ नबस्ने, प्रजनन् क्षमतामा कमी, मधुमेह, रक्तचाप, मुटुरोग, क्यान्सर र मिर्गौला बिग्रनेजस्ता समस्या देखापर्ने विज्ञहरूले औँल्याएका छन् ।

आयात भएका ती सबै तरकारी तथा फलफूलको नमूनामध्ये ९९ दशमलव ८७ प्रतिशतमा विषादीको अवशेष न्यून रहेको र खान उपयुक्त रहेको भन्दै सरकारले आयात गर्न अनुमति दिएको छ । विषादी अवशेष द्रुत विश्लेषण इकाइ (आरबिपिआर) मा तरकारी तथा फलफूलमा प्रयोग गरिएका घातक विषादीलाई पहिचान गर्न नसकेर ती सबै तरकारी तथा फलफूलको नमुनालाई खानयोग्य भएको आधार बनाइएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय, तातोपानी भन्सार, रसुवागढी भन्सार, कृष्णनगर र गड्डाचौकी भन्सारसहित आठ स्थानमा आरबिपिआर प्रविधिकै प्रयोगशाला बनाउने गृहकार्य सुरु गरेको छ । यी स्थानमा पनि दुई प्रकारको विषादीको मात्रै परीक्षण हुनेछ ।

२०७९ भदौ २४ गते सौर्य दैनिकमा प्रकाशित

https://www.souryaonline.com/2022/09/486561.html


Comments